हाम्रो बारेमा

ऐतिहासिक पृष्ठभुमि

लमजुङ जिल्ला अन्तरगत वेशिशहर नगरपालिका वडा नं. ७ त्रिवेणीटोल (देउपूजे) मा  अवस्थित यस विद्यालय वि.स. २०३३ साल पौष ८ गते चण्डिडाडाँबाट यस स्थानमा स्थानान्तरण गरि पहिला कक्षा ४ देखि ८ सम्म संञ्चालन गरिएकोमा पछि कक्षा १ देखि ३ गरि नि. मा.वि. तह संञ्चालन गरिएको, वि.स. २०३५।९।५ देखि माध्यमिक कक्षा संञ्चालन भएको र वि.ब्यं.सं, शिक्षक, तथा अभिभावकको सक्रियतामा  वि.स. २०६१ आषढ ३० गतेबाट उ.मा.वि.(११,१२) संञ्चालन भयो । यस विद्यालयमा वि.स. २०६६ सालबाट खुला माध्यमिक विद्यालय संचालन गरी कक्षा ८ उत्र्तीण गरी बसेका तथा माध्यमिक बिद्यालय शिक्षाबाट बन्चित विद्याथर््ीाहरुले आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिने जमर्को गर्न सजिलो बनाएको छ । शैक्षिक सत्र २०६८ बाट कक्षा ११ मा विज्ञान विषयको पढाई समेत संचालन गरिएको र त्यसैगरी वर्तमान समयको माग अनुसार देशमा शिक्षित बेरोजगार चरम सिमामा फैलिएको कुरालाई मध्यनजर गर्दै वि.स. २०७३ साल बैशाखबाट प्राविधिक शिक्षा अन्र्तगत कक्षा ९ बाट सिभिल इन्जिनियरिङ विषयको पढाई शुरुवात गरिएको र वि.स. २०७५ श्रावनबाट कक्षा ११ मा अध्ययन अध्यापन कार्य संचालन गरिएको छ । यसले सर्वसाधारण अभिभावकहरुको कमजोर आर्थिक अवस्था र विद्यार्थीको इच्छालाई केही हदसम्म पुरा गर्ने आशा गरिएको छ । यस क्षेत्रका  स्थानिय वुद्धिजिवि, समाजसेवीहरूको पहलमा खोलिएको यस विद्यालयमा हाल १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । 

विद्यालयको सेवा क्षेत्र

 यस मा.वि.को सेवा क्षेत्रमा सामान्यतया वेसीशहर नगरपालिकाका गाउँशहर गा.वि.स. बाँझखेत गा.वि.स. चण्डीस्थान गा.वि.स. र वाग्लुङपानी गा.वि.स. रहेता पनि समष्ठिगत रुपमा हेर्दा वर्तमान समयमा बेसीसहर नगरपालिका तथा जिल्ला सम्पूर्ण नै सेवा क्षेत्रभित्र पर्दछ ।

भौगोलिक अवस्था

school buildingयस श्री जनविकास माध्यमिक विद्यालयको भौगालिक अवस्थिति नेपाल अधिराज्यको प्रदेश नं. ४ को लमजुङ जिल्लाको सदरमुकाममा रहेको बेसीशहर नगरपालिका वार्ड नं. ७, देउपुजे अर्थात त्रिवेणी टोलमा अवस्थित छ । बेसीसहर नगरपालिका लमजुङ जिल्लाका ८ वटा स्थानिय तहहरुमध्ये बेससिहर नगरपालिका एक हो । यसको उत्तरमा मस्र्याङदी गाउपालिका, दक्षिणमा सुन्दरबजार नगरपालिका, पूर्वमा दार्दी गाउपालिका र पश्चिममा क्व्होलासोथार गाउपालिका र मध्यनेपाल नगरपालिकासग जोडिएको छ ।
लमजुङ जिल्लाको सदरमुकाम वेसीशहरको वडा नं. ७ को देउ पुजे भन्ने स्थानमा रहेको यस मा.वि.को पूर्वमा रण वहादुर अधिकारी जग्गा, पश्चिममा विभिन्न व्यक्तिहरुको घर उत्तरमा जिल्ला पशु सेवा कार्यलय र दक्षिणमा चिरञ्जीवी पौडेल लगायतकाको घर र जग्गा पर्दछन् ।

विद्यालय रहेको समुदायको बनोट

कुनैपनि विदयालय समाज विना पानी विनाको माछो जस्तो बन्छ त्यसकारण यस श्री जन विकास मा.वि. र यहाको समुदायविच पनि घनिष्ठ एवं निकटतम सम्बन्ध रहेको कुरा जानकारी हुन्छ किनकी जुनसकै समदायमा रहेका विभिन्न सघ सस्थाहरु त्यहाको समदायको माया र ममता नपाएमा सस्था अगाडी बढ्न र हर्कन पक्कै पनि कठिन छ। त्यसैले गर्दा पनि होला यस विदयालय र यहाको समुदायविचका सम्वन्ध पनि राम्रो छ । यस विदयालयमा अध्ययन गर्ने सवैजसो विदयार्थी गुरुङ समदायका छन। अन्यमा मगर , नेवार,राइृ, तमाइ,ब्राहमण, क्ष्त्री,दमाई, कामी लगायतका जातीहरु अध्ययन गर्दछन र यी सवै समुदायका धर्म, सस्कार, परम्परा, र चाडपर्वहरुमा पनि विदयालयको प्रत्यक्ष अप्रत्यक्ष रुपमा सकरातमक सम्बन्ध रहिआएको छ ।

एउटा विषय छनौट गर्नुहोस् र आफ्नो भविष्य बनाउनुहोस्

केही गुनासो छैन बितेका पलहरु संग बस यस पछि चालिएका पाइलाहरु खास बनिदिउन् ।

प्रवेशका लागि आवेदन दिनुहोस्

आफ्नो मनपर्ने पाठ्यक्रम मा भर्ना गर्नुहोस् र आज देखि जन बिकाश माध्यमिक विद्यालय संग सिक्न शुरू गर्नुहोस्। राम्रो तरिकाले सिक्नुहोस्, र आफ्नो देशको सेवा गर्नुहोस्।

प्रधानाध्यापकको भनाई

आजको २१ औ शाताब्दीमा शिक्षाको सर्वोपरी स्थान छ । शिक्षा विनाको जीवन निस्फल हुन्छ । सार्थक जीवनको निमित शिक्षा अपरिहार्य छ । अतः वर्तमान शिक्षा मानव जीवन बनेको छ । शिक्षा जीवन पर्यन्त र निरन्तर संचालन हुने प्रक्रिया हो । जीवनको हरेक अनुभूतिबाट ज्ञान प्राप्त गर्न सकिन्छ । प्राप्त ज्ञान र शिक्षा तवमात्र सफल मान्न सकिन्छ जब व्यवहार परीवर्तन देखिन्छ । मानवको जीवनमा परिवर्तन हुन सक्नुपर्दछ शिक्षा आर्जनबाटहरेक क्रियाकलाप असल परिणतिमा पु¥याउनको निमित उपयुक्त योजना र सफल कार्यन्वयनमा निर्भर गर्दछ । सदरमुकाममा अवस्थित रहेर प्रचुर उपलब्धि हासिल गर्न नसक्नुको पछाडि योजना विनाको लक्ष्य हो । चौतर्फी सम्भावनाहरु हुदाहुदै पनि दृढ इच्छा शक्तिको अभावले पनि परोक्ष अपरोक्ष प्रभाव पारेको छ । यही वस्तु सत्यलाई हृदयगम गरी विगत केही वर्षदेखि विद्यालय सुधार योजना निर्माण गरी सफल कार्यान्वयनमा उतार्ने जमर्को गर्दै यो प्रयत्न अघि सारिएको छ ।


निशुल्क तथा अति न्यूनतम शुल्कमा स्तरीय शिक्षा प्रदान गर्ने हेतुले कक्षा १२ सम्म स्थापना गरी सुसंचालन गरिएको छ । थोरै समयमा नै यस विदालय जिल्ला कै आकर्षणको केन्द्र पनि बन्न सफल भएको छ । जिल्लामा सर्बाधिक विद्यर्थी बनाउन र उर्तिण गराउज सफल यस विद्यालयमा यस शैक्षिक सत्र २०६८ बाट २१औं शताब्दिको माग अनुसारको विज्ञान बिषय समेत सञ्चालन गरिएको छ । सीमित श्रोत र साधनले हाम्रँो लक्ष्य हासिल गर्न सर्वथा कठिनाई भैरहेको अनुभूति भइरहेको छ । विशेष गरि शैक्षिक गुणस्तर कायम गर्नको लागि यस विद्यालयले विद्यार्थी ,अभिभाबकको माग बमोजिम कक्षा १ देखिनै अंग्रेजी माध्यमलाई विशेष महत्व दिई हाल कक्षा ५ सम्म पुर्ण रुपमा र कक्षा ६ देखि १० सम्म आंशिक रुपमा अंग्रजी माध्यमबाट शिक्षण सिकार्ए क्रियाकलाप संञ्चालन गर्दै आईरहेको छ। विपन्न वर्गको आस्थाको केन्द्र वनेको यस विद्यालय असीमित आवश्यकतालाई परिपूर्ति गर्दै वामे सर्न क्रम चुनौती भने निश्चयनै छैन । समाजका सवै वर्गले शिक्षाको स्तरियतालाई विना सर्त स्वीकार्नु पर्दछ विद्यालयले अघि सारेको लक्ष्यतर्फ सवैको सद्भाव र सहयोग रहन सकेको खण्डमा लक्ष्य चुम्न निश्चय नै असम्भव छैन । यस विद्यालयलाइ देश विदेशमा समेत चिनाउनको लागि समय सापेक्ष परिवर्तनहरु गर्दै लगिएको छ त्यसैको परिणाम स्वरुप शैक्षिक सत्र २०७३ बाट प्राविधिक तथा ब्याबसायिक धार अन्तर्गत कक्षा ९ बाट सिभिल इन्जिनियरको अध्यापन कार्य संचालन गरी यस विद्यालयलाइ समायानुसार परिवर्तन गर्न खोजिएको छ ।